क्षेत्र नम्बर २ मा मतदाताले नयाँ प्रयोग गर्दैछन् : गुरुप्रसाद बराल

Share:

बिग न्यूज
पोखरा, १० मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘क’तर्फका काँग्रेस उम्मेदवार गुरुप्रसाद बरालले यो पटक सो क्षेत्रमा जनताले केहि ‘नयाँ प्रयोग’ गर्ने बताएका छन् । निर्मलपोखरीमा जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा भोट मागिरहेका बरालले यसपटक ‘युवा जोश सहितको नयाँ शैली’लाई जनताले अगाडि ल्याउने दाबी गरे ।

‘म केहि नयाँ शैली र उत्साह बोकेर जनताको सेवामा होमिएको छु । र, मलाई जनताले सेवा गर्ने मौका दिनेमा निश्चिन्त छु ।’ बरालले भने–‘जनतामा म प्रतिको सकारात्मकता पनि मैले अनुभूति गरेको छु ।’ उनी घरदैलोमा गईरहँदा जनताबाट निकै गुनासा र अपेक्षा सुनेको उल्लेख गर्दै निर्वाचित भएसँगै सबै खाले समस्याहरुलाई आफूले सल्ट्याउने प्रतिबद्धता जनाए ।

नयाँ सोँच र शैलीसहित एउटा गज्जबको उर्जावान युवा आएको भन्दै जनताले बराललाई निकै रुचाएको तरुण दल क्षेत्र नम्बर २ का सँयोजक रहेका पुजन थकालीले बताए । अहिले सो क्षेत्रमा थकालीकै नेतृत्वमा बरालले घरदैलोलाई अगाडि बढाईरहेका छन् । उनले पछिल्लो समय प्रचारमा अपनाएको शैलीलाई पनि सो क्षेत्रमा निकै रुचाईएको छ भने यसले राष्ट्रिय चर्चा समेत प्राप्त गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: