जनताको विश्वासलाई पद संग साट्दिन, उम्मेदवारी फिर्ता हुन्न– पालिखे

Share:

मंसिर ११, पोखरा

मंसिर २१ गते हुने दोस्रो चरणको निर्बाचनका लागि कास्की क्षेत्र नम्बर २ प्रदेश २ का स्वतन्त्र उम्मेदवार नरेशशंकर पालिखेले आफ्नो उम्मेदवारी फिर्ता बारे प्रकाशित समाचार गलत भएको बताएका छन् । उनले भने ‘म जनताको घरदैलोमा मत माग्दै हिंडदै गरेको र माहौल मेरो पक्षमा देखिए पछि विपक्षीले उम्मेदवारी फिर्ताको हौवा पिट्न थालेछ’ ।

पालिखेले आफ्नो पक्षमा ठुलो जनमत तयार भइसकेको बताए । ‘म जनताको विश्वासलाई कुनै हालतमा कुनै पनि पद संग साट्दिन’ पालिखेले भने । ‘मैले आफ्नो उम्मेदवारी दर्ता गरेपछि कांग्रेसका कुनै पनि नेतालाई भेटेको छैन, न त अब भेट्ने छु, म विरुद्ध भ्रम फैलाउने प्रयास गरियो’ उनले जिकिर गरे । आफुले उम्मेदवारी फिर्ता लिने समाचारमा कुनै सत्यता नभएको बताउदै पालिखेले हल्लाको पछि नलाग्न मतदाता संग आग्रह गरे । काहँुडांडामा घरदैलो अभियानका क्रममा पुगेका पालिखेले जनताले देखाएको विश्वास र मत दिने प्रतिबद्धता प्रति उत्साहित हुँदै आफ्नो जित हुने देखेर विपक्षी अत्तालिएको र आफु विरुद्धको समाचार विपक्षीको पराजित

कमेन्ट गर्नुहोस्
Share: