
पोखरा, मंसिर २३ । कास्की क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा माओबादी उम्मेदवार दीपक कोइराला विजयी भएका छन् ।
उनले काँग्रेस नेता जीवन परियारलाई ३ हजार ६ सय ४६ मतान्तरले पराजीत गरे । कोइरालाले १८ हजार ७ सय २७ मत पाउँदा परियारले १५ हजार ८१ मत पाए ।
परियार काँग्रेसका केन्द्रिय सदस्य र निवर्तमान सांसद हुन् भने कोइराला कास्की माओबादीका जिल्ला सह इन्चार्ज हुन् ।
कमेन्ट गर्नुहोस्
