
पोखरा २३ मंसिर / कास्की क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका जगत विश्वकर्मा विजयी भएका छन्। उनले कांग्रेसका शुक्रराज शर्मालाई ८ हजार ३ सय ८६ मतान्तरले पराजित गरेका हुन्।
विश्वकर्माले ३२ हजार ६ सय ९० मत प्राप्त गरेका थिए भने शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरेका थिए।
विश्वकर्मा एमालेको तर्फबाट विजयी भएका हुन्। उनी नेकपा एमालेका प्रदेश नं. ४ प्रचार विभाग प्रमुख एवं पार्टी पोलिब्युरो सदस्य हुन्। शर्मा पूर्व सांसद एवं कांग्रेस कास्कीका पूर्व सभापति र महाधिवेशन प्रतिनिधि हुन्।
कमेन्ट गर्नुहोस्
