कास्की १ मा एमाले खगराज अधिकारी विजयी

Share:

पोखरा, मंसिर २४ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा एमालेका सल्लाहकार परिषद् केन्द्रिय उपाध्यक्ष पुर्व मन्त्री खगराज अधिकारी बिजयी भएका छन् ।

उनले बहालवाला मन्त्री काँग्रेस नेता यज्ञबहादुर थापालाई पराजीत गरेका हुन् अधिकारीले १३ हजार ४ सय १६ मतान्तरले थापालाई पछारेका हुन् । अधिकारीको ३९ हजार २ सय ४२ मत आउँदा थापाले २५ हजार ८ सय २६ मत मात्रै पाए ।

कास्की निर्वाचन क्षेत्र नम्बर १ लाई निकै रोचक प्रतिश्पर्धाको रुपमा हेरिएको थियो । यद्यपी हारजीतको मतान्तर भने अनुमानभन्दा निकै बढी भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: