दुर्घटनामा आँखा गुमाएका चौधरीलाई भलाईकोषको सहयोग

Share:

मंसिर ३०, पोखरा ।  र्निमाण संबन्धी काम गरिरहेको अबस्थामा फलामले लागेको आँखा गुमाएका बर्दियाका कमलराज चौधरीलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

दुई महिना अगाडी पोखरामा र्निमाणको काम गरिरहेको अबस्थामा फलामले लागेर चौधरीको एउटा आँखा फुटेको छ । आर्थिक अबस्था कमजोर रहेको चौधरीलाई पोखरा १४ मा रहेको स्वतन्त्र मजदुर भलाईकोषले ५८ हजार  १ सय ५ रुपैया सहयोग गरेको हो । कोषमा रहेका ३३ जना सदस्यहरु र र्निमाण ब्यबशायि बुध बहादुर खातरीमगरको सहयोगमा रकम संकलन गरिएको थियो । संकलीत रकम कोषका अध्यक्ष प्रेम बहादुर घिमिरे, कोषाध्यक्ष बिकास मगरले पिडित चौधरीलाई हस्तान्तरण गरेका थिए । चौधरीको एउटा आँखा पुरै काम नलाग्ने भएको छ । आफ्नै  सहकर्मिले ले काम गरिरहेको फलामको टुक्राले उनको आँखामा चोट लागेको थियो । गहिरो चोटका कारण आँखा कामै नलाग्ने अबस्थामा पुगेपछि परिबारको अबस्था बिचल्ली भएकोले आफुहरुले सकेको सहयोग रकम जुटाएर चौधरीलाई सान्त्वना दिएको भलाई कोषका अध्यक्ष प्रेम घिमिरेले जानकारी दिए ।

चौधरीको उपचारमा आफुले सहयोग गरेको र्निमाण ब्यबशायि खातरीमगरले बताए ।  नेपालमा र्निमाण संबन्धी तथा अन्य जोखिमपुर्ण काम गर्दा सेफ्टी उपकरण वा पोशाक लगाउने चलन नभएका कारण पनि यस्ता दुर्घटना हुने गरेको र्निमाण संबन्धी काम गर्ने मजदुरहरुले गुनासो गरे । हामी आफै पनि सेफटी पोशाक लगाउन खोज्दैनौ , अनि र्निमाण ब्यबशायिहरुले पनि सो संबन्धी खासै चासो दिएका हुदैनन्, उनिहरुले रकम हस्तान्तरण कार्यक्रममा भने । भलाई कोषमा रहेका सदस्यहरुले मासिक एक हजारका दरले रकम जस्मा गरेर सामुहिक रुपमा कोष सञ्चालन गरेका छन । आफ्नो भलाई कोष भित्रका सदस्यलाई अप्ठेरो पर्दा सहयोग गर्ने गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

आखाँ गुमाएको चौधरीको एक श्रीमती र दुई छोरा छन । परिबारमा कमाई गरेर पेट पाल्ने बाबु नै थला परेर अपाङ्ग भएपछि छोराहरुले पढ्न नपाएको चोधरीले भावुक हुदै भने । आफ्नो अबस्था यस्तो भएपछि स्कुल पढ्दै गरेको छोरालाई पढाउन नपाएकोमा उनलाई ठुलो पिर परेको चौधरीले सुनाए ।

कमेन्ट गर्नुहोस्
Share: