
पोखरा, पुस १ । पोखरा लेखनाथ महानगरपालिकाको पस्र्याङमा दुर्घटना भएको छ । दुर्घटनामा परि १ जना गम्भीर घाइते भएको छ । घाईतेको अवस्था चिन्ताजनक छ । परिचय नखुलेका घाईतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
ग १ ख ५८८२ नंं को ट्रकले विपरित दिशाबाट आईरहेको ग ५ प ९७०७ नं को मोटरसाईकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । आक्रोसित स्थानीयले ट्रक तोडफोड गरेका छन् । सडकमा डिभाईडर नराखिएका कारण दिनहुँ दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।
धादिङ जोगिमारामा बस र ट्रक ठोक्किँदा ४१ घाइते
धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरित दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकिको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।
दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो । अहिले एकातर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
File Photo
