
पोखरा, पुष १९ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ सितापाईला स्थित शदाशिबजी सिद्धेश्वर हरिहर मन्दीर परिसरमा सरसफाई गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय शशस्त्र प्रहरी गणले मन्दीर परिसरमा रहेको २५ रोपनी क्षेत्रफलमा सरसफाई गरिएको हो । शशस्त्र प्रहरी सइै राजकुमार श्रेष्ठ र हरिराम देबकोटाको कमाण्डमा गएको करिव १ सय ५० जनाको टोलीले मन्दीर परिसरमा सरसफाई गरेको मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारीले जानकारी दिए । सरसफाईको क्रममा मन्दीर परिसर भएका बिभिन्न अनाबस्यक बस्तुहरु हटाइएको भण्डारीले बताए
मन्दीर संगै सिता घाट जाने पैदलमार्गलाई पनि स्तरउन्नती गरिएको छ । मानिसको अन्तीम सस्कार गर्ने घाट पनि भएकाले त्यहाँ सम्म जाने बाटो पनि जिर्ण बनेकाले शशस्त्र प्रहरीले बाटोको स्तरउन्नती गरेको बताइएको छ । माघेसंक्रान्तीको अबसरमा मन्दीरले हरेक बर्ष बिशेष मेलाको आयोजना गर्ने गर्दछ । पौराणीक तथा ऐतिहासिक महत्व बोकेको कम्तीमा पनि २ सय १० बर्ष पुरानो रामसिताको महिमा बोकेको मन्दीर स्थल वरपर सरसफाई तथा मेलाको तयारी तिब्र पारिएको मन्दीरका पुजारी कृष्ण अधिकारीले जानकारी दिए । अहिले मन्दीर वरपरको भु–भागलाई सरसफाई गर्ने , भक्तजनहरु बस्ने तथा स्नान गर्ने स्थलहरुको स्तरउन्नती गर्ने काम भैरहेको उनले बताए । माघेसंक्रान्तीको दिनमा कास्की, स्याङ्गजा तथा तनहुँका भक्तजनहरु सितापाईला स्थित मेला भर्न आउने गर्दछन ।
परम्परागत रुपमा सञ्चालन हुदै आएको मेलामा यो बर्ष बाट अलि ब्यबस्थित तरिकाले सञ्चालन गर्न बिभिन्न निकायहरुबाट सहयोग मागिएको मन्दीरले जनाएको छ । बर्षको एक दिन अत्याधिक भिड हुने भएपनि अन्य दिनहरुमा पनि भक्तजनहरु दर्शनका लागि आउने बाताबरण र्निमाण गर्दे मन्दीरको भौतिक संरचना बिकास गर्न लागिएको ब्यबस्थापन समितिका अध्यक्ष भण्डारीले जानकारी दिए ।


