
काठमाडौं,साउन ३ । बार्सिलोनाले आफ्नो खेलाडी उस्मान डेम्बेले चेल्सीलाई बेचेर इडन हजार्डलाई भित्र्याउन चाहेको खबर आएको छ ।
हजार्डले चेल्सी छोड्न खोजेको र रियल मड्रिड जान चाहेको संकेत दिएका छन् ।हजार्डले रियल मड्रिडसँग मौखिक सहमति गरिसकेको दाबी गरिएको छ र क्लबले अब चेल्सीसँग पैसाको कुरा गरिरहेको छ ।
बार्सिलोना पनि हजार्डलाई ल्याउन इच्छुक देखिन्छ । स्पेनी च्याम्पियन क्लबले हजार्डका प्रतिनिधिसँग कुराकानी गरिरहेको छ । तर चेल्सी अहिले सम्झौताको दह्रो स्थितिमा छ किनकि हजार्डले उक्त क्लबसँग गरेको सम्झौताको अवधि अझै दुई वर्ष बाँकी छ ।
कमेन्ट गर्नुहोस्
