
श्यामशितल परियार,
लमजुङ,साउन ८ । हिमाली जिल्ला मनाङको नासोङ् गाउपालिका–८, ताचैका स्थानीयले वृत्तचित्र र म्युजिक भिडियो बनाएका छन् । स्थानीयले गाउँलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाई पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यले गाउँको विषयमा म्युजिक भिडियो र वृत्तचित्र बनाएका हुन् ।
चक्रीय अन्नपूर्ण पदमार्गसंगैको ताचै गाउ“ ओझेलमा परेको भन्दै गाउँ चिनाउन आफुहरुले वृत्तचित्र र म्युजिक भिडियोका सहारा लिईएको स्थानीय राज घलेले बताउनुभयो ।‘यसले गाउँको प्रचारप्रसारमा सघाउँछ । यसैको माध्यमबाट गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुनेछ भन्नेमा हामी ढुक्क छौँ,’ घलेले भन्नुभयो ।
उहाँका अनुसार वृत्तचित्र र म्युजिक भिडियोमा आतिथ्य सत्कार, चालचलन, रहनसहन, परम्परागत कला तथा सँस्कारसँस्कृति, प्राकृतिक दृश्य समेटिएको छ ।सुटिङ व्यवस्थापक सोलबहादुर गुरुङका अनुसार यहाँ हरेक चैत्रऔँशीको ३ दिनमा घरघरै चामल उठाएर पूजापाठ गर्ने चलन छ । उक्त चामल टों देवताको नाममा जाँड बनाएर राख्ने र सातौँ दिनमा गाउ“ले मिलेर मृग छोपी ल्याउने र त्यसको भोलिपल्ट टों देवतालाई चढाउने गरिन्छ ।
उहाँले थप्नुभयो, ‘जिउ“दो मृग छोपी हामी टों देवतालाई चढाउ“छौं । यो संसारकै नयाँ चलन हो । यो हाम्रो सँस्कारसँस्कृति हो । यसलाई पनि वृत्तचित्र र म्युजिक भिडियोमा हामीले समेटेका छौँ ।’म्युजिक भिडियोमा गाउँका सबै विषयबस्तु समेट्न नसकिएपछि स्थानीयले वृत्तचित्रमा हात हालेका हुन् । यसका निर्देशक लब्सन गुरुङका अनुसार समुद्री सतहदेखि ४ हजार ५ सय मिटर उचाईको यार्सागुम्बा टिप्ने लेकमा पुगेर स्थानीयको जनजीवनको विषयलाई पनि यसमा समाहित गरिएको छ ।
भेँडाबाख्रादेखि चौंरी पालेर जीविकोपार्जन गरेका दृश्य वृत्तचित्र तथा म्युजिक भिडियोमा देख्न सकिन्छ । करीब ४० मिनेटको वृत्तचित्र र ५ मिनेटको म्युजिक भिडियोलाई सन्तोष पिठाकोटी मगरले छायांकन गर्नुभएको हो ।गीत खुसबहादुर गुरुङले लेख्नुभएको हो । एरेन्ज तेजेन्द्र गुरुङले गर्नुभएको छ । यसमा गाउँबाट देखिने अन्नपूर्ण र मनास्लु हिमाललाई आकर्षक ढंगबाट देखाइएको छ ।
समुद्री सतहदेखि २ हजार ३ सय ७२ मिटरको ताचै गाउ“ लमजुङको बेसीशहरदेखी करीब ४५ किलोमिटर उत्तरमा पर्छ ।बेसीशहरर–चामे सडकको धारापानी र एक्लेभट्टीको बीचबाट मस्र्याङ्दी माथिको पुल तरेर करीब २५ मिनेटमा जीपबाट ताचै गाउँ पुग्न सकिन्छ । एक्लेभट्टीबाट हिँडेर १ घण्टामा ताचै आउन सकिने वडाअध्यक्ष हुपजंग गुरुङले जानकारी दिनुभयो ।
FILE PHOTO
