
लमजुङ,साउन ८ । श्यामशितल परियार ।–मनाङको चामे गाउँपालिकामा वडा नं–५, मा रहेको प्राकृतिक तातोपानी कुण्ड क्षेत्रमा क्षति पुगेको छ । मर्स्याङ्गदी नदीको तीव्र बहावले तातोपानी कुण्ड क्षेत्रमा क्षति पुर्याएको हो । मर्स्याङ्गदी नदीको बहावले तातोपानी कुण्ड क्षेत्रमा लगाईएको ‘ग्याबिन वाल’ लगायतका संरचनामा क्षति पुगेको हो ।
तातापानी कुण्ड क्षेत्रमा क्षति पुग्नुका साथै बर्खायामको समय रहेकाले सम्भावित खतरालाई मध्यनजर गर्दै कुण्डमा नुवाईधुवाई नगर्न वडा कार्यालयले सबैमा अनुरोध गरेको छ । वडा कार्यालयले एक सुचना प्रकाशित गर्दै तातोपानी कुण्डमा बेलुकी ५ बजेदेखी बिहान ६ बजेसम्म कुण्डमा धुवाईधुवाई नगर्न अनुरोध गरेको स्थानीय सञ्चारकर्मी नेगम परियारले जानकारी गराउनुभयो ।
मस्र्याङ्दी नदी किनारामै रहेको तातोपानी कुण्डमा महिला र पुरुषका लागि अलगअलगन पोखरी बनाइर्एएको छ । लुगा धुनका लागि तातोपानी कुण्ड परिसरमै ३ वटा धारा बनाईएको छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै ‘चेञ्जिङ रुम’ बनाईएको । पोखरीसम्म पुग्न सिँडी बनाईएको छ । शौचालय निर्माण गरिएको छ ।
स्थानीयका अनुसार तातोपानी कुण्डमा नुहाउँदा हाडजोर्नी तथा छालासम्बन्धिका रोगहरु निको हुने जनविश्वास छ ।

