मन्त्रिपरिषद बैठकमा आजदेखि कागजको प्रयोग नगरिने

424
0
Share:

१० साउन, काठमाडौं । मन्त्रिपरिषद बैठक बिहीबारदेखि कागजको प्रयोग नगरिने भएको छ ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको उनको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: