
पोखरा, २६ साउन । पोखरा ९ पृथ्वीचोक क्षेत्रमा धेरै सुकुम्बासी बस्ती छन् । जहाँका महिलाहरु अधिकांशले घरेलु रक्सी पार्ने गरेका छन् ।
प्रहरीले पोखरामै अहिलेसम्म सबैभन्दा धेरै मात्रामा घरेलु मदिरा बरामद गरेको छ । शुक्रबार वडा प्रहरी कार्यालय बैदामले सोहि क्षेत्रमा पाँच हजार लिटर भन्दा बढी रक्सी नियन्त्रणमा लिएको हो ।
कार्यालयका डिएसपी नविन कार्कीका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै मात्रामा एकैपटक बरामद गरिएको रेकर्ड हो । गाडीमा राखेर रक्सीको ड्रम कार्यालयमै लगिएको थियो ।
हेर्नुहोस् तस्विरमाः



कमेन्ट गर्नुहोस्
