प्रतिभा मार्गमा बाल क्लब गठन,अध्यक्षमा चापागाईं चयन

Share:

२६ साउन,पोखरा ।पोखरा ८ प्रतिभा मार्गमा टोल स्तरीय बाल भेला तथा बाल क्लब पुनगठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा बाल मैत्री तथा गैर हिंसात्मक संचार विषयमा सहभागीलाई जानकारी गराईएको थियो। उक्त कार्यमा दिपक बिक,प्रमिशा बानियाँ र धिरज थापाले सहजीकरण गरेका थिए।

त्यस्तै कार्यक्रमको दोस्रो सत्रमा बाल क्लबको पुनगठन गरी विपिका चापागाईंको नेतृत्वमा १६ सदसीय नयाँ कार्यसमिति गठन गरिएको थियो। कार्यक्रममा बोल्दै वडा सदस्य लक्ष्मी कौशलले अहिले वडाले बालबालिकाको विषयलाई प्राथमिकतामा दिएको भन्दै बालबालिकाहरु असल,व्यवहारिक र अभिभावक प्रती उत्तरदायी हुनुपर्नेमा जोड दिईन।

टोल विकास संस्थाका उपाध्यक्ष बलराम गिरीले बालबालिकाहरुले विविध पक्षहरुलाई अबलम्बन गर्दै बाल क्लबमा बसेर नेतृत्व विकास गरि उनीहरु सामाजिक,राजनीतीक विषयमा समेत जानकार हुनुपर्ने बताए। प्रमुख अतिथी विश्वकै होचा व्यक्ति भनेर चिनिने खगेन्द्र थापा मगरले प्रतिभा मार्ग बाल क्लबका भाई बहिनीहरु भविष्यमा आफुले जस्तै गिनिज बुकमा नाम लेखाउन सफल हुने आफ्नो आशा व्यक्त गरे।

क्लबका अध्यक्ष आरोग्य मोहन काफ्लेले आफुहरुको विगतको कार्य मुल्यांकन गर्ने हो भने प्रतिभा मार्ग बाल क्लब पोखरा क्षेत्रमा मात्र नभएर गण्डकी प्रदेशकै नमुना बाल क्लब भएको दाबी गरे। उनले बाल क्लबको अहिलेको मूल लक्ष्य भनेकै टोललाई बाल मैत्री बनाउने र स्थानीय स्तरमा बाल मैत्री स्थानीय शासनको प्रबर्दन गर्ने भएको बताए।

कमेन्ट गर्नुहोस्
Share: