नेपाल यातायातको लास्ट सिटमा बसेर बालुवाटार पुगेका थिए केसी

546
0
Share:

साउन २६,काठमाडौँ – डा गोविन्द केसी, यो नामसँग अनशन लगभग प्राय बनेको छ । १६ दिन अगाडि डा केसीले आफ्नो सबैभन्दा लामो २७ दिने अनशन तोडेका थिए ।

चिकित्सा शिक्षा विधेयकमा गरिएको तोडमोडको विरोधमा जुम्लाबाट सुरु भएको यसपटकको डा। केसीको अनशन काठमाडौँमा आएर तोडियो । बिचमा विभिन्न पक्षले उनको समर्थनमा आन्दोलन गरे ।सरकारले उनका मागमा आलटाल गर्‍यो, टिमल्न खोज्यो तर उनले आफ्नो माग छोडेनन् । अन्ततः सम्झौता भयो र अनशन तोडे । केही दिन अस्पतालमा उपचार गराएपछि उनी तन्दुरुस्त भएर घर फर्किए अनि काममा पनि ।

तर सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनमा उदासिनता देखाउँदा उनको मन कुँडिएको छ । बालुवाटारमा बस्ने र त्यहाँ धाउनेहरु प्राय चिल्ला गाडीमा पुग्छन् । सार्वजनिक बसमा धक्का खाँदै बालुवाटारमा आफ्नो दुःखको पोको बिसाउन पुग्नेका लागि त्यति सजिलो छैन । तर डा। केसीले प्रधानमन्त्री निवास बालुवाटार पुग्नका लागि सर्वसधारण नागरिकले झैँ भिडम्भाड बसकै यात्रा रोजेका छन् ।

डा केसी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि नेपाल यातायातको बस चढेर बालुवाटार पुगेका हुन् । उनी बसको लास्ट सिटमा बसे, भाडा तिर्न पैसा मिलाए अनि ओर्लिँदै गर्दा भाडा दिए अनि केही पल्तिर ओरालेकाले केही बेर हिँडेर बालुवाटार छिरे ।बालुवाटार उनका केही सहयोगी र झोला थियो । डा केसी बिहान सवा ११ बजेतिर त्रिवि शिक्षण अस्पताल अगाडिबाट बस चढेर बालुवाटार पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: