मेरी बास्सैका सापटीको “माइतीको भाईलाई” सार्वजानिक (हेर्नुहोस भिडियो)

Share:

०१ भाद्र,पोखरा । पछिल्लो समय बजारमा तिज गीतको नाममा विभिन्न तड्किलो भड्किलो खालका गीत भित्रीएको पाइन्छ । त्यति मात्र होइन आफैं त्यस्ता प्रकारका गीत बजारमा भित्राएर हाम्रा गीतका मौलिकता हराए,सरकारले केहि गरेन भन्निको पनि यहाँ कमि छैन ।बजारमा सय वटा गीत भित्रिए भने दस वटा गित पनि मौलिकता भएका भेट्न गाह्रो हुन्छ ।

यसैबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका सदस्य तथा चर्चित हाँस्य टेलिसिरियल मेरी बास्सैका ‘सापटी’ अर्थात कलाकार दिवाकर भण्डारीको मौलिक तिज गित “माईतीको भाईलाई” सार्वजानिक भएको छ ।तिजको अवसर पारी सार्वजानिक गरिएको गीतमा भण्डारीसगै विष्णु कार्की र सिता क्षेत्रीको शब्द रहेको छ भने स्वर पनि तिनै जनाको रहेको छ ।

उक्त गीतमा पहिले मनाईने तिजको विषयबस्तुलाई दर्शाईएको छ गीतको छायाँकन घाचोक र फेवाताल आसपासमा गरिएको भण्डारीले जानकारी दिएका छन् । कलाकार भण्डारीका यसअघि चार वटा गीत सार्वजानिक भईसकेका छन् । गितलाई गायक दिवाकर भण्डारीले संगित दिएका छन् ।उनी मेरी बास्सै संगै ल खत्तम नामक टेलिसिरियल र बिग.एफ.एममा पनि आबद्द छन् ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्
Share: