पुष्पा के.सी मृत्यु प्रकरण:विद्यार्थी संगठनको विरोध,सत्यतथ्य छानवीन गर्न माग

Share:

१२ भदौ,पोखरा । कास्कीमा सक्रिय चार विद्यार्थी संगठनले संयुक्त रुपमा पुष्पा के.सी मृत्यु प्रकरणको विरोधमा मंगलबार पोखरामा विरोध सभा गरेका छन् । विभिन्न चार विद्यालयका विद्यार्थीको उपस्थितिमा वृहत् र्‍याली सहित विरोध गरिएको हो ।

नेकपा निकट अखिल (क्रान्तिकारी) कास्की जिल्ला सचीव आस्था नेपालीले प्रशासनलाई ठाडो चुनौती दिदै प्रशासनले घटनाको सत्यतथ्य छानवीन गर्न नसके संयुक्त विद्यार्थीलाई हस्तान्तरण गरे विद्यार्थीले छानबिन गर्ने बताईन । पीडित अभिभावकले न्याय नपाउदा सम्म र हत्यारालाइ सार्वजनिक नगर्दा सम्म कुनै पनि हालतमा आन्दोलन पछाडि नहट्ने उद्वघाेष गर्दै उनले पुष्पा के.सि प्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना समेत व्यक्त गरिन ।

त्यस्तै सभालाइ सम्बोधन गर्दै नयाँ शक्ति विद्यार्थी युनियनका कास्की जिल्ला अध्यक्ष विशाल तिमिल्सिनाले कुनै पनि बहानामा हत्यारालाई लुकाउन खोजियो भने संयुक्त विद्यार्थीको आन्दोलन चुपलागेर नबस्ने उद्वघोष गरे । त्यसतै अखिल (छैठौं) का जिल्ला अध्यक्ष दान बहादुर सारु र बैधे निकट अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष सम्झना परियारले पनि सभालाइ सम्बोधन गरेका थिए भने कार्यक्रम संचालन प्रताप पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: