
बिग न्यूज
पोखरा, १२ भदौ । लामा अमृत फाउन्डेशन घान्द्रुकको आयोजनामा पोखरामा क्लबस्तरिय पुरुष महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
प्रतियोगिता भदौ १५ देखी १८ गते सम्म पोखराको नदिपुर स्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा चल्नेछ । प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको लामा अमृत फाउन्डेशनका अध्यक्ष अमृत गुरुङले जानकारी दिए ।
उनले पुरुष तर्फ १६ महिला तर्फ ६ र भेट्रान्स तर्फ ७ टिमको सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी दिए । महिला र भेट्रान्सतर्फ टिम अझै बढ्ने उनले बताए । पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।
त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २२ हजार २ सय २२ र १५ हजार ५ सय ५५ हात पार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विधागत रुपमा खेलाडीहरुलाई पुरस्कृत गरिने र प्रतियोगिता अबधिभर बिभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
