पुष्पा केसी मृत्यु प्रकरण : प्रशासनसँगको सहमति पछि आफन्तले शव बुझे 

Share:

पोखरा,भदौ १४  । गत शुक्रवार पोखराको लामाचौरमा मृत भेटिएकी १३ वर्षीया बालिका पुष्पा केसीको शव आफन्तले बुझेका छन् । पुष्पाको हत्या भएको भन्दै अनुसन्धानको माग गरिरहेका आफन्तले प्रशासनसँगको सहमतिमा बिहीवार शव बुझेका हुन् ।

विन्ध्यवासिनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी बिहीबार (भदौ ७ गते) साँझ ५ बजे तरकारी किन्न भनेर निस्किएकी पुष्पा शुक्रवार साँझ मृत भेटिएकी थिइन् । शनिवार गरिएको पोष्टमार्टम रिपोर्टमा पुष्पाको टाउकोमा गम्भीर चोट लागेको देखिएको थियो ।

पोखरामा घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गर्दै विधार्थी संगठन,आफन्त,स्थानीय लगायतले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालय अघि धर्ना दिएका थिए । बिहीवार जिल्ला प्रशासन कार्यालय कास्कीले घटनाको अनुसन्धान जारी राख्ने र यथासिघ्र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएपछि आफन्तले शव बुझेका हुन् । केसीको दाहसंस्कार समेत गरिएको प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले बिग.एफ.एम लाई जानकारी दिएका छन्

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: