
भदौ १६,पोखरा । आज नायक अनमोल केसीले पोखरामा नाचेर र गाएर आफ्नो फ्यानहरुलाई मनोरञ्जन दिने भएका छन् । अनमोल सँगै अहिलेकी हट नायिका प्रियंका कार्की र भिटेनको पनि एकसाथ स्टेजमा प्रस्तुति रहने छ । मोनिका ईन्टरनेशनल र स्पेक्स १४ को आयोजनामा पोखराको अमरसिहं चौरमा आज दिउँसो २ बजेदेखि हुने कार्यक्रममा प्रवेश गर्न ३ हजार, १ हजार र ५ सय सहित न्युनतम २ सय सम्मको टिकट को व्यवस्था गरिने अनमोल ईभका संयोजक कमल जिसीले बताए ।
पोखराको पर्यटन पर्वद्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको ईभमा अनमोल, प्रियंका, भिटेन सहित डिजे ससपोईजन, डिजे बिरेन तथा ड्रिमर्ज ब्यान्ड लगायत स्थानियको प्रस्तुति पनि रहनेछ । कार्यक्रमबाट आम्दानी भएको रकमको लागत कटाएर नेत्रहिन महिला सघं नेपाललाई सहयोग गर्ने लक्ष्य रहेको जिसीले बताए ।
