तनहुँमा करेन्ट लागेर युवकको मृत्यु

Share:

२७ भदौ,तनहुँ ।  करेन्ट लागेर तनहुँमा एक युवाको मृत्यु भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका हटिया घर भई हाल तनहुँको भानु नगरपालिका–१ बस्दै आएका २१ बर्षका गौरव कुमालको मृत्यु भएको हा । अप्टीकल फाईवरको काम गर्ने उनको करेन्ट लागेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

बन्दीपुर गाउँपालिका–१ चिसापानीमा वुधवार विहान फाइवरको काम गर्ने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि डुम्रे स्थित लक्ष्मी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। लक्ष्मी अस्पततालवाट थप उपचारको लागि दमौली अस्पतालमा र्पुयाइएका कुमालको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकात्मक तस्बिर 

कमेन्ट गर्नुहोस्
Share: