पोखरामा एक युवाको हत्या

Share:

पोखराको पालिखेचोकमा एक युवाको हत्या भएको छ । राजकुमार नाम गरेका करिब ३० बर्षीय एक युवाको हत्या भएको स्थानियले बताएका छन।

राजकुमारको टाउकोमा गहिरो चोट रहेको छ भने उनको हत्या भएको स्थानमा रगत लतपतिएको अबस्थामा रहेको छ ।

पालिखेचोकको एक खुल्ला टहरामा उनको शव स्थानियले आज विहान देखे पछि प्रहरीलाई खबर गरे पछि प्रहरीले उक्त घटनाको बारे अनुसन्धान गर्दै छ । हत्या भएका युवाको सम्पुर्ण परिचय खुल्न सकेको छैन।

केहि दिन देखि उनले कवाडी सामानहरु वेक्दै आएको उनका सहकर्मी पवन सुवेदीले बताए । हत्या भएको स्थानमा कवाडीको सामान सहितको वोरा र सेतो कपडामा रगत लतपतिएको अबस्थामा भेटिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: