
पोखरा, १६ असोज । एकीकृत सम्पति कर उठाउन पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि रोकेको छ । गत वर्षको तुलनामा उच्च दरमा कर संकलन गरेपछि ज्ञानबहादुर कोइराला अदालत पुगेका थिए ।
सोहि मुद्धाको सुनुवाई गर्दै मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश वीरबहादुर डाँगीको संयुक्त इजलासले मंगलबार मुद्धाको अन्तिम टुंगो नलागेसम्म ऐनले तोकेभन्दा बढी सम्पति कर लिन नपाउने अन्तरिम आदेश जारी गरेको हो ।
पक्षमा वरिष्ठ अधिवक्ता तिलक पराजुली, अधिवक्ताहरु गोविन्द पौडेल र सुरेन्द्र थापा मगरले बहस गरेका थिए । प्रत्यर्थीका तर्फबाट अधिवक्ता नारायण प्रसाद शर्माले बहस गरेका थिए ।
उत्प्रेषण मिश्रित परमादेश यस्तो छः

कमेन्ट गर्नुहोस्
