हिमाअस ‘मिस पोखरा २०१८’ को ग्राण्ड फिनाले शनिबार, १७ जनामध्ये कसको शिरमा ताज ?

Share:

पोखरा, १८ असोज ।  मिस पोखराको ग्राण्ड फिनाले शनिबार पोखरा सभागृहमा हुदैंछ । कोसेली हेल्थ सनफ्लावर तेल प्रिजेन्ट्स हिमाअस मिस पोखरा २०१८ को तयारी पूरा भएको आयोजक संस्था जेसीआई पोखराले जनाएको हो । मिस पोखराको ग्राण्ड फिनाले शनिबार पोखरा सभागृहमा अपराह्न ३ बजे बाट हुनेछ । जसको लागि १७ जना प्रतियोगीहरुलाई छनोट गरिएको छ ।

ग्राण्ड फिनालेमा अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको जेसीआई पोखराका मिडिया रिलेसन अफिसर तथा मिस पोखरा २०१८ को सहसचिव भाइराज रानामगरले जानकारी दिए । कार्यक्रमको अन्य आर्कषक रुपमा गायक सनुप पौडेल, बिनोद बानियाँ र सन्तोष बस्याल सहित थ्रिस्टार स्टुडियो पोखराको प्रस्तुति रहने कार्यक्रमका मुल संयोजक तथा पोखरा जेसिजका मुल संयोजक जेसी देवराज शर्माले जानकारी दिए । कार्यक्रममा भ्वाईस अफ नेपालका कोच समेत रहेका सनुपको प्रस्तुती रहने छ भने पोखरामै रहेर संगीतमा कृयाशिल दुई गायक बिनोद बानियाँ र सन्तोष बस्यालको प्रस्तुती रहनेछ ।

हिमा अस एजुकेशन कल्सल्टेन्सिको मुख्य प्रायोजन र कोसेली हेल्थ सल्फ्लावर तेलको प्रस्तुती रहेको उक्त कार्यक्रमको सह प्रयोजकमा क्वीन्सफोर्ड कलेज अष्ट्रेलिया र यामाहाको रे—जेड स्कुटर रहेका छन । एभरेष्ट वैँक वैकिंङ पार्टनर रहेको छ भने रेष्टुरेन्ट पार्टनरमा मुग्लान रेष्टुरेण्ट, होटल पार्टनर, पोखरा बाटीका र डाँफे होटल, क्रउन पार्टनरमा पर्वत तोला आभुषण, टेलीभिजन पार्टनरमा जनता टेलीभिजन र पोखरा टेलिभिजन, रेडियो पार्टनर विग एफ एम, मेकअप पार्टनर गुरुङ व्युटी पार्लर, ट्राभल पार्टनर, कम्युनिटि नेपाल टुर्स एण्ड ट्राभल्स, फोटोग्राफि पार्टनर एस टु प्रोडक्सन, भेनु पार्टनर, रञ्जित इभेन्ट सेन्टर, ड्रेस पार्टनर चेरिस्मा इम्पोरियम र साउण्ड पार्टनरमा एसके साउन्ड रहेको उक्त कार्यक्रमको सर्पोटेड वाइमा पोखरा महानगरपालीका र नेपाल टेलिकमको रहेको छ भने पर्माेटेड वाइमा नेपाल टुरिजम बोर्ड र परिचय एर्डभटाइजिङ रहेका छन । साथै अन्य स्पोन्सरहरुमा बिग वाइन, बाबा फाउन्डेशन र रारा तयारी चाउचाउ रहेको छ ।

सो कार्यक्रमका अन्य १० विधाका उप—शिर्षकहरुमा मिस वेस्ट पर्सनालिटिमा बाराही इन्टरनेट टेक्नोलोजिज प्राली, बेस्ट इन्टलेक्टमा गोल्डेनगेट इन्टरनेशनल कलेज, बेस्ट क्याटवाकमा मेट्रिक्स एरिना, वेस्ट स्माइलमा लभवर्ड आइसक्रिम, वेस्ट ड्रेस चेरिस्मा इम्पोरियम, वेस्ट ट्यालेन्टमा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, वेस्ट हेयरमा द जावेद हविव, वेस्ट फोटोजेनिकमा डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टर, वेस्ट पपुलारिटिमा हाम्रो वैठक घर, मिस भ्युअर च्वाइसमा परिचय एर्डभटाइजिङले स्पोन्सर गरेको सो कार्यक्रममा ओएसिस एजुकेशन कन्सल्टेन्सि, वाटर फ्रन्र्ट रिर्सोट, फिस्टेल रिसोर्ट, पेभिलियन हिमालयन लज, ओम गार्मेन्ट, एम वे टुर्स एण्ड ट्राभल्स, दिमोर्डन अफसेट प्रेस, ट्रिनिटि एजुकेशन कन्सल्टेन्सि, न्यू एरा टुर्स् एण्ड ट्राभल्स, सिम्रिक एयरलाइन्स, जय भुपु सैनिक सुनचाँदि पसल, टिका रिसोर्ट, ग्लोबल टच ट्रनि∙ कन्सल्ट प्रालि लगायतको स्पोन्सर रहेको छ ।

मिस नेपाल पछिको दोस्रो ठुलो सौन्दर्य प्रतियोगीताको रुपमा चिनीने मिस पोखरा कार्यक्रम युवा नारीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने महत्वपुर्ण कार्यक्रम हो । जसबाट युवा नारीहरुले आफुभित्र रहेको क्षमतालाई प्रस्फुटन गराई समाजमा आफ्नो नेतृत्व स्थापित गर्न सक्दछन भन्ने उद्देश्ले सञ्चालित सो प्रतियोगिताको कार्यक्रम सन्जोग बस्याल र मिस नेपाल २०१० कि बिजेता सदिक्षा श्रेष्ठले सञ्चालन गर्नेछन् ।

व्युटि विथ व्रेनको स्लोगन सहित आयोजना गर्न लागीएको सो कार्यक्रमकी विजेताले यामाहाको रेजेड स्कुटर, नगद ५०,००० को साथमा यो वर्ष एक हप्ताको अष्ट्रेलिया भ्रमण गर्न पाउने छन । साथै मिस पोखरा विजेता मिस नेपालको अन्तिम प्रतिस्पर्धामा समेत स्वत प्रवेश समेत पाउने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: