काठमाडौँमा श्रीमतीको हत्या गरेर फरार युवक पोखराबाट पक्राउ

410
0
Share:

१२ कार्तिक,पोखरा। काठमाडौँको एक गेस्ट हाउसमा श्रीमतीको हत्या गरेर फरार युवक पोखरामा पक्राउ परेका छन्।गत भदौ १५ गते काठमाडौँको बसुन्धरास्थित स्पिड गेस्ट हाउसमा १८ वर्षीया श्रीमती लक्ष्मी परियारको हत्या गरेर फरार रहेका खोटाङ बरहापोखरी गाउँपालिका–६ मौवाबोटेको अनिल परियार पोखरबाट पक्राउ परेका हुन्।

परियार पोखरामा रहेको विशेष सूचनाका आधारमा अपराध महाशाखाको विशेष टोलीले पोखराको माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो।पक्राउ परेका परियारले आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: