कास्कीको सिक्लेसमा १८ गाई जलेर मरे, ८ गम्भिर अवस्थामा

492
0
Share:

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेस (साविक पार्चे गाविस वडा नं.७) मा रहेको व्यवसायिक गाई फर्ममा आईतबार साँझ आगलागी हुँदा ठूलो क्षति भएको छ ।

गाई गोठमा भीषण आगलागी हुँदा १८ वटा गाईहरु जलेर मरेका छन् । ठकुरीको बाबा भनेर चिनिने स्थानीय एक व्यक्तिको गाई गोठमा आईतबार साँझ भएको आगलागीमा परी अरु ८ वटा गाई जलेर घाईते भएका छन् । गोठमा ३८ गाईहरु पालिएका थिए ।

 जाडो मौसममा गाइबस्तुको न्यानोको लागि गोठभित्र आगो बालेर गाइपालक गाउँतिर निस्केको र हावाहुरीका कारण आगो फैलिएको बताईन्छ । आगो नियन्त्रणमा आएपछि गाउँलेले जलेका गाईहरु निकालेका थिए । त्यहाँको अवस्था अत्यन्त हृदयविदारक रहेको स्थानीय टौ गुरुङले जनाए ।

गाईका साना बाच्छीहरु पनि जलेका छन् भने बाँचेकाहरु पनि निकै कष्टपूर्ण ढंगले श्वास फेरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: