तनहुँमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Share:

८ मंसिर, तनहुँ । तनहुँमा मोटरसाईकल दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । भानु नगरपालिका–३ ढिकुरादी स्थित डुम्रे बेशीशहर सडक खण्डमा ग १० प ४०३७ नं. को मोटरसाईकल दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाईकल चालक सोही ठाउँका ३० वर्षीय गणेश तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति बुझ्दा उक्त मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले ठहर गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: