
१० मंसिर,बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घर पुनःनिर्माणका लागि नगरपालिकाले सहयोग गर्ने भएको छ।आगलागीका कारण जलेका ३० घरका ४८ परिवारका लागि ढोरपाटन नगरपालिकाले नयाँ घर बनाउन ४८ लाख रुपैयाँ सहयोग गर्ने भएको हो।आगलागी भएको खबर पाएपछि तत्काल पोखराबाट हेली मगाई बुर्तिवाङ हुँदै ढोरपाटन पुगेका नगर प्रमुख देवकुमार नेपालीसहितको टोलीले घटनास्थलको अवलोकन गरी पीडितलाई घर बनाइदिने प्रतिबद्धता जनाएको हो।
घटनास्थल अनुगमन निरीक्षण गरी पीडितको गुनासो सुनेपछि नगरप्रमुख नेपालीले नगरको विपत् व्यवस्थापन कोषबाट प्रतिपरिवार एक लाखका दरले नगरपालिकाबाट सहयोग उपलब्ध गराउने बताएका हुन्।छाना छाउने जस्तापाताका लागि आफ्नो व्यक्तिगत सहयोग गर्ने पनि उनले बताए। नगर प्रमुखको प्रतिबद्धतापछि आगलागीपीडित खुसी भएका छन्।नगरप्रमुख नेपालीले तत्काल त्यस स्थानमा नगरपालिकाका तर्फबाट इञ्जिनीयर पठाएर एकरएक तले, दुई कोठे शौचालयसहित भूकम्प प्रतिरोधी एकै प्रकारका घर निर्माण गरिने बताए।
आगलागीको सांकेतिक तस्बीर
