
१३ मंसिर,पर्वत । पर्वतको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२ लाख बराबरको मुनाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले यो नाफा आर्जन गरेको हो । हाल संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूंजी १४ करोड रहेको छ भने चुक्ता पूंजी ९ करोड ८० लाख रहेको छ। कार्तिक मसान्त सम्म १४ करोड ३६ लाख ६२ हजार २० रुपैया बचत संकलन गरेको छ ।
संस्थाले ७ हजार ३ सय ४७ जना सदस्यलाई १ अर्व ४४ करोड ४३ लाख ७२ हजार ५ सय कर्जा प्रवाह गरी ९५ करोड ८३ लाख १३ हजार ५ सय ८१ असुली गरेको मा हाल ४८ करोड ६० लाख ५८ हजार ९ सय १९ रुपैया लगानी गरेको छ । यस वित्तीय संस्थाले सर्बसाधारणका लागी ४ करोड ६३ लाख ३० हजार रुपैया बराबरको सेयर निस्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरी सकेको संस्थाका संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताएका छन् ।
पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको संस्थाले हाल २१ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ । संस्थाले स्वीकृत कार्यक्षेत्र भित्र शाखा विस्तार गरी हाल सम्म २५ वटा शाखा कार्यालय पुरयाइसकेको छ । छिट्टै वित्तीय संस्थाले थप कार्यक्षेत्रको रुपमा स्याङ्जा,पाल्पा,मकबानपुर,दाङ र चितवनलाई थपको प्रस्ताब गरेको छ । संस्थाले स्वीकृतीका लागी नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गरेको हो ।
