
मंसिर १३ । यसवर्षको एसईई परीक्षा आगामी चैत्र १० गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सुचना प्रकाशित गरी चैत्र १० गते देखि २१ गतेसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाको तालिका प्रकाशित गरेको हो । बिहान ८ बजे देखि ११ बजेसम्म परीक्षा हुनेछ। एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी हुने अनुमान छ। परीक्षाका लागि विद्यार्थीले भरेको फाराम संकलनकै क्रममा रहेकाले केहि दिनमा मात्रै संख्या एकिन हुने बोर्डले जनाएको छ।
प्रदेश तहमा परीक्षा संचालन गर्ने भनिएपनि तयारीकै क्रममा रहेकाले यसवर्ष पनि बोर्डबाटै परीक्षा सञ्चालन हुन लागेको हो। बोर्डले ७ वटै प्रदेशमा परीक्षा व्यवस्थापन कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ। यसवर्ष हुने परीक्षाको व्यवस्थापन र उत्तरपुस्तिका परिक्षणको काम प्रदेश कार्यालयबाट हुने परीक्षा नियन्त्रक रामशरण सापकोटाले जनाकारी दिए। प्रश्न पत्र र नतिजा प्रकाशनको काम भने बोर्डले नै गर्नेछ।
हेर्नुहोस तालिका:::

