
१३ पोखरा,मंसिर । पोखरामा क्याकिङ गर्ने क्रममा एक अष्ट्रेलियन नागरिकको ज्यान गएको छ । क्याकिङ गर्ने क्रममा घाईते भएकी २३ वर्षिय क्यासन्ड्रा एसाइसको उपचारका क्रममा मृत्यु भएको हो । लामाचौरमा सेति नदिको खोंचमा क्याकिङ गर्ने क्रममा १५२७५६२ पासपोर्ट नम्बर भएकी अष्ट्रेलियन नागरिक क्यासन्ड्रा घाईते भएकी थिइन् ।
घाईते भएलगत्तै उनलाई उपचारको लागि पश्चीमाञ्चल क्षेत्रिय अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
