लमजुङमा माइक्रो बसको ठक्करले साइकल यात्री घाइते

Share:

मंसिर १४,लमजुङ । लमजुङमा माइक्रो बसको ठक्करले एक साइकल यात्री घाइते भएका छन् । दुधपोखरी गाउपालिका –१ नयाँगाँउ घर भई हाल सुन्दरबजार–८मा बस्दै आएका ९ बर्षिय राज गुरुङ घाईते भएका हुन् । सुन्दरबजार नगरपालिका ९ बालुनेमा भोटेओडारबाट बेशिसहरतर्फ जाँदै गरेको ग१ख ४०११ नम्बरको माईक्रो बसमा ठोक्किन जाँदा उक्त घटना घटेको हो ।

घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ । माईक्रो बस र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: