मल्ल पछि कास्की ट्राफिक प्रहरी प्रमुखमा अाए मिश्र

Share:

१४ मंसिर,पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कि प्रमुखका रुपमा मुरारी मिश्र अाएका छन् । यसअघि राजधानीको बग्गीखानामा कार्यरत उनी मंसिर ११ गते कास्की हाजिर भएका हुन् । उनी विगत २५ वर्षदेखि प्रहरीमा कार्यरत छन् र अनुभवी पनि मानिन्छन । यसअघि कास्की ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ऎनबहादुर मल्लको पूर्वी रुकुम सरुवा भईसकेको छ ।

मल्लले २०७४ मंसिर २६ गतेबाट प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । मल्लले प्रमुखको रुपमा राम्रो भूमिका निर्बाह गरेका थिए । डभाड देखिने पोखराका सडक व्यवस्थापन गर्न नवआगन्तुक प्रमुख मिश्रलाई चुनौती हुनेछ ।

– पत्रकार शिव दाईको सहयोगमा

कमेन्ट गर्नुहोस्
Share: