
मंसिर १८,नवलपरासी । नवलपरासीमा मोटरसाइकलको ठक्करले साइकल यात्री घाइते भएका छन् । घाइते हुनेमा गैँडाकोट नगरपालिका १० का ४० बर्षिय बालकृष्ण परियार रहेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत संगम चोकमा ना ४६ प ४२६३ न.को मोटरसाईकलले बाटो काट्ने क्रममा साईकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी घाइते भएका परियारलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
