
मंसिर १८,पोखरा । मोटरसाईकलले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा १ सिमपानीकी ४० बर्षिय भिममाया तामाङ र ४२ बर्षिय मिना गुरुङ रहेका छन् । पोखरा महानगरपालिका –२ विन्दावासिनी चोकमा हालसम्म नंम्बर नखुलेको मोटरसाईकलले ग ७ प ७७३४ नं.को स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार दुईजना घाइते भएका हुन् ।
दुर्घटनामा परी घाईते भएका दुवैजनालाई उपचारको लागि अस्पताल पठाइएको छ । ठक्कर दिने मोटरसाईकल फरार रहेकाले खोजिकार्य जारी राखेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
