
मंसिर २२,स्याङ्जा । स्याङ्जामा प्रेसर कुकर पड्कँदा एकजना घाइते भएका छन् । वालिङ नगरपालीका १३ खानीडांडाकी २८ वर्षिय लक्ष्मी ढकाल आफ्नै घरमा खाना बनाउने क्रममा अचानक प्रेसर कुकर पड्किँदा घाइते भएकी हुन् ।
घाइते ढकाललाई उपचारको लागि नमस्ते हस्पिटल पोखरा ल्याइएको छ । घटनास्थलमा तत्कालै खटिएको प्रहरी टोलीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
