
मंसिर २२, बागलुङ । बागलुङमा विष खाएर तीनजना विरामी भएका छन् । बिरामी हुनेमा ढोरपाटन नगरपालीका ९ सुप्राङकी ३० वर्षिय भुम्लि बि.क र उनका दुई छोरीहरु ११ वर्षिय राममाया बि.क. र ६ वर्षिय दानमाया बि.क.रहेका छन् ।
आफ्नै घरमा मुसा मार्ने बिषादी सेवन गरी गम्भिर अवस्थामा रहेका तीनैजनालाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
