‘छैटौं इक्यान शैक्षिक मेला’ आजदेखि पोखरा सभागृहमा सुरु हुँदै

Share:

पोखरामा  ‘छैटौं इक्यान शैक्षिक मेला’ आजदेखि सुरु हुँदैछ । । आयोजक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने मेला ३ दिनसम्म अर्थात् मंसिर २८ गतेसम्म चल्नेछ ।

पोखराको सभागृह परिसरमा हुने मेलामा सहभागी हुन टिकट काट्नुपर्दैन । ‘हामीले पोखरामा यसअगाडि पनि शैक्षिक मेलालाई सफल बनाईसकेका छौँ । र, यो पटक अझै भव्य तवरले शैक्षिक मेला हुँदैछ ।’ अध्यक्ष भुवन क्षेत्रीले भने–‘पोखरा र आसपासका विद्यार्थी तथा अभिभावकहरुको लागि यो निकै लाभदायक रहनेछ ।’

यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने लहर चलेको छ । र, त्यहि लहरमा धेरैजना नबुझि वैदेशिक अध्ययनमा जाँदा समस्यामा पर्ने सम्भावना हुन्छ । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले मेलालाई निरन्तरता दिइएको अध्यक्ष क्षेत्रीले बताए ।

वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको शैक्षिक मेलाबाट विद्यार्थी तथा अभिभावकले एकै स्थानमा धेरै अन्तराष्ट्रिय कलेज र यूनिभर्सिटीहरुको बारेमा जानकारी लिन पाउनेछन् । मेलामा अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्डका साथै विभिन्न मुलुकका पुराना कलेज तथा यूनिभर्सिटीका प्रतिनिधिले समेत सहभागिता जनाउँदैछन् । ‘विद्यार्थीहरुको लागि यो निकै सुनौलो अवसर हो ।’ ईक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्दिप अर्यालले भने– –‘आफ्नै शहरमा विश्वप्रशिद्ध कलेजका प्रतिनीधिहरुसँग साक्षात्कार गरि त्यहाँको बारेमा जानकारी लिन मेलाले निकै सघाउनेछ ।’

गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेलाको रुपमा स्थापित भएको यस मेलामा मेलामा ६५ वटा स्टल रहने सचिव रुद्रप्रसाद अर्यालले बताए । पोखरामै पाँच पटकसम्म सफलतापूर्वक फेयरको आयोजना तथा व्यवस्थापन गरिसकेको ईक्यानले यस फेयरलाई विद्यार्थीका लागि लाभदायक बनाउन बनाउन निकै मेहनत गरेको कोषाध्यक्ष प्रकाश गैह्रेले जनाए ।

ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाईमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।

सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन रहेको इक्यान कास्कीले जानकारी गराएको छ । मेलाका रेडियो पार्टनरमा बिग एफएम रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: