जाडो बढेसंगै मनाङका पशुपालक कृषकद्वारा गोठ सार्न सुरु

Share:

२८ मंसिर,मनाङ । जाडो बढेसंगै मनाङका पशुपालक कृषकहरु गोठ सार्न सुरु गरेका छन् । हिमपात सुरु भएसंगै खर्कहरुमा बाक्लो हिउँ पर्ने र गाईबस्तु तथा गोठालाहरु जाडोमा बस्न नसकने साथै घास तथा चरन क्षेत्र पनि हिउले पुरिने भएकाले मनाङमा गोठ सारिने गरेको स्थानिय युवा कृषक तथा याक चौरी र बुच्चा पालन गर्दै आएका कर्म लामाले बताए । खर्कहरुमा राखिएको गाईबस्तुको गोठ जिल्लाको तल्लो टार तथा गोठमा सार्न थालिएको हो ।

मनाङमा खर्कमा पशुहरुको गोठ हुने गर्दछ भने हिउँदको समयमा जिल्लाका कम हिउँ पर्ने स्थानहरुमा गोठ बनाई पशुहरुलाई सार्ने प्रचलन छ । हिउँदको समयमा जिल्लाका तल्ला भागहरुमा सार्दा घासँको रुपमा फापरको नल, करुको नल र मकैको नल नै हिउँद समयको मुख्य घाँसको रुपमा प्रयोग हुने गर्दछ ।

अबको हिउँदको समय भरी खेत बारीमा कुनै पनि अन्न बाली नलगाईने भएकाले पनि पशुहरुलाई खेतवारीमै छाडा छोड्ने प्रचलन छ । साथै गाई, गोरु, बाख्रा, भेडा, च्याङग्राहरुको लागी बिशेष तरिकाले जाडो बाट बचाउनको लागि गोठलाई त्रिपाल लगाई पुरै न्यानो पारिन्छ भने गोठ भित्र पनि सेन अर्थात सल्लाको पातको सोतर ओछ्याएर गोठको भित्र पनि न्यानो पारिन्छ । त्यस्तै ठुुला र धेरै पशुहरु जस्तै याक चौरी र बुच्चाहरुलाई भने सिमित जग्गामा पर्खाल वा सुरक्षित एरिया तोकि बार लागाई सोहि स्थान भित्र राखिने चलन रहेको लामाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: