बाग्लुङमा एक व्यक्ति मृत अवस्थामा फेला

Share:

मंसिर २८, बागलुङ । बागलुङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा ढोरपाटन नगरपालिका –८ बिजौलेका १९ बर्षिय ख्याउटे बि.क. रहेका छन् । बि.क.गत मंसिर ६ गते बाट हराईरहेका थिए । शुक्रबार बागलुङकै निसिखोला गाँउपालिका –५ काँउचेको जंगलमा स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेका हुन् ।

स्थानीयले जानकारी गराए पश्चात प्रहरी टोली तत्कालै उक्त स्थानमा खटिएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: