
२९ मंसिर,पोखरा । गत सोमबारदेखि फेवातालमा डुबेर बेपत्ता भएका काठमाण्डौका रोजन श्रेष्ठको शव शनिबार बिहान भेटिएको छ । शनिबार बिहान तालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । उनको शव रत्नमन्दिर नजिकै भेटिएको रानाले बिग एफ एमलाई टेलिफोन मार्फत जानकारी दिएका छन् ।
काठमाण्डौको ताहाचलबाट दिदीसहित पोखरा घुम्न आएका १९ बर्षीय श्रेष्ठ प्याडल बोर्डबाट सेल्फि खिच्न खोज्दा तालमा डुबेर बेपत्ता भएका थिए । लाईफ ज्याकेट बिना सेल्फी खिच्न खोज्दा तालमा डुबेर उनी बेपत्ता थिए । काठमाडौंबाट दिदी रोशनी श्रेष्ठसँग आइतबार पोखरा घुम्न आएका श्रेष्ठकोका दिदीभाइ फरक फरक डुंगामा सवार थिए । नेपाली सेना, सशस्त्र, प्रहरीको विशेष टोलीले तारजालीको सहायतामा उनको खोजी कार्य जारी राखेको थियो । उनको शव पोष्टमार्टमका लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।
