तनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने अनुमान

Share:

दमौली, १ पुस । तनहुँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष २५ करोड बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको बताईन ।

अघिल्लो वर्ष छ हजार ५२६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ९३८ मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको हो । तनहुँमा यस वर्ष एक हजार २८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । तनहुँको राइपुर, वैदी, छिपछिपे,तनहुँसुर,बेनीकोट, बन्दीपुर, घाँसीकुवा, नाम्सीकोट, भानुमतिलगायत सुन्तला खेतीको पकेट क्षेत्र हुन् । तनहुँमा उत्पादित सुन्तला पोखरा,काठमाडौँ, चितवन लगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: