सरकार उधोगी व्यवसायीप्रती उदाशिन बनेको फर्निचर व्यवसायीको गुनासो

Share:
०५ पौष,पोखरा । अनुप पौडेल । नेपाली फर्निचर व्यवसायीहरुले सरकार उधोगी व्यवसायीप्रती उदाशिन ढंगले प्रस्तुत भएको गुनासो गरेका छन । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको पोखरामा हुन लागेको चौथो साधारण सभाको अवसरमा बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीले यस्तो गुनासो गरेका हुन ।
 
महासंघका अध्यक्ष भूपेन्द्र गिरीले नेपाली बजारमा स्वदेशी फर्निचर निर्यात हुन नसक्नुमा राज्य नै दोषी भएको बताए । “नेपाली बजारमा ५० प्रतिशत फर्निचर तथा काठ बाहिरी देशबाट निर्यात हुन्छ”अध्यक्ष गिरिले भने,”व्यवसाय सुरु गर्दा बैंकबाट लिइएको कर्जाले हामिलाई पेलिरहेको हुन्छ,त्यसमा सरकारले ठोस निति नल्याउदा हामी मारमा परेका छौ ।” राज्य आफुहरु प्रती क्रुर तवरले पेश भएको भन्दै फर्निचर व्यवसायीले स्वदेशी वस्तु उत्पादन गर्नका लागि मनोबल वृद्धि गरिदिन माग गरेका छन ।
हाल पोखरामा ६५० बढी,काठमाडौमा ८५० बढी र चितवनमा ४०० बढी फर्निचर व्यवसायी रहेका छन । महासंघका महासचिव कविन्द्र जोशीले २०७२ साउन २६ गते स्थापना भएको महासंघले स्थापनाकालमा विभिन्न कठिनाइ पार गर्दै अगाडि बढेकाले सरकारको सहयोगको अपेक्षा रहेको तर्क गरे । महासंघले प्रतिकुल परिस्थितिमा स्वदेशमा नै रोजगारी सिर्जना गरि ठूलो संख्यामा बेरोजगारी संख्या घटाएको दाबी गरेको छ । चौथो साधारण सभाका लागि विभिन्न जिल्लाका व्यवसायी आउँदो ७ गते पोखरामा भेला हुँदैछन ।
कमेन्ट गर्नुहोस्
Share: