
पोखरा, १० पुस । पोखरामा एकजना मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा ओखलढुङगाको बर्नालु गाउँपालिका ४ का २८ बर्षीय बाबुजा श्रेष्ठ रहेका छन् । श्रेष्ठ हाल पोखरा २६ खलतारामा बस्दै आएका थिए ।
सोमबार राती ११ बजे बाट हराइरहेका उनी खोजतलाश गर्नेे क्रममा मंगलबार बिहान साढे १० बजे पोखराको बिजयपुर खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
