
तनहुँ, १० पुस । तनहुँमा छुट्टाछुट्टै सवारी दुर्घटनामा छजना घाइते भएका छन् । तनहुँको आबुखैरेनीमा लु १ ख ५८१५ न.बसले ठक्कर दिँदा गोरखा नगरपालिका –१४ का ३८बर्षीय माया राना र ३३ बर्षीय रेखा थापा घाइते भएका छन् । घाइतेलाइ उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको र चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा दुईवटा मोटरसाईकल एकआपसमा ठक्कर खाँदा चारजना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि जि.पि. कोईराला श्वासप्रस्वास केन्द्र बेलचौतारा पठाइएको प्रहरीले जनाएको छ । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग ११ प ११३५ न. को. मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको ग ४ प ७६०६ न. को मोटरसाईकल एक आपसमा ठक्कर खाएका हुन् ।
