८ तस्बिरमा हेर्नुहोस हिमपात पछिको मनाङ

Share:

१३ पुस,मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात सुरु भएको छ । बिहीबार दिउँसो करिब १ बजे सुरु भएको हिमपात झण्डै १८ घण्टापछि शुक्रबार बिहान ७ बजे रोकिएको हो । माथिल्लो भेग खांसार,मनाङगाउँ लगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भू–भागमा भने पातलो परेको छ। जिल्ला सदरमुकाम चामेलगायत तल्लो मनाङ भिमताङ, गुवालगायतका ठाउँमा हिमपात भएको छ।

बिहीबार बिहानदेखि मनाङको मौसममा खराबी देखिएको थियो । ’हिमालको वरिपरी कालो बादल देखियो । तीव्ररूपमा हावाहुरी चल्यो’, मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘तापक्रम पनि माइनस २० पुग्यो, हावाहुरीका साथ हिमपात भएको हो ।’ माथिल्लो मनाङमा चिसोका कारण जनजीवन प्रभावित भएको छ । स्थानीय घरभित्रै ढोका थुनेर बसेका छन् ।

तस्बिर::::::::::::

कमेन्ट गर्नुहोस्
Share: