राष्ट्रिय पोशाक संरक्षणमा जोड दिंदै एकहप्ते हस्ताक्षर अभियान जारी

Share:

१३ पुस,पोखरा । राष्ट्रिय पोशाक संरक्षण महाअभियान प्रदेश कमिटि गण्डकीले हस्ताक्षर अभियान जारी राखेको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो अभियान’ भन्ने मुल नाराका साथ महाअभियान प्रदेश कमिटि गण्डकीले तेस्रो दिन शुक्रबार जनप्रिय बहुमुखी क्याम्पसमा हस्ताक्षर अभियान सम्पन्न गरेको छ ।

नेपालीको दौरा सुरुवाल र गुनियो चोलीलाई राष्ट्रिय पोशाक बनाउनुपर्ने र सांस्कृतिक आन्दोलनलाई थप उचाईमा पु¥याउनका निम्ति हस्ताक्षर अभियानको थालनी गरेको राष्ट्रिय पोशाक संरक्षण महाअभियान गण्डकी प्रदेशका संयोजक सुन्दर बरालले बताए । ‘एक भेष एक भाष हुँदैन भन्दै गर्दा दौरा सुरुवाल र गुनियो चोलीलाइ विश्वमा चिनाउने र राष्ट्रिय पोशाक बनाउने अभियान रहेकाले यसलाई बनाइ छाड्ने अठोट हाम्रो रहेको छ’,उनले भने । उनले देशमा राष्ट्रिय झण्डा, भाषा, पन्छी, रङ्ग, फुल, जनावर सबै भएकाले पोशाकलाई पनि समेटिनु पर्ने जोड दिएका छन् ।

अभियानबाट सफलता प्राप्त नगरुञ्जेल यस्ता अभियानलाई निरन्तरता दिने सचिव कुशल बरालले बताए । पोशाकको माध्यमबाट देशलाई विश्वमाझ चिनाउन सकिने भएकाले खाली त्यसमा बिरोध गर्नुको तुक नभएको उनको दाबी छ । अभियानको पहिलो दिन पृथ्वी नारायण क्याम्पसमा हस्ताक्षर संकलन गरिएको सचिव बरालले जानकारी दिएका छन् । त्यस्तै दोस्रो दिन गुप्तेश्वर महादेव बहुमखी क्याम्पसमा हस्ताक्षर संकलन गरिएको उनले बताए । जनप्रिय बहुमखी क्याम्पसमा आज हस्ताक्षर संलन गरेको आयोजकले पोखराका बिभिन्न क्याम्पसबाट ७ दिनसम्ममा १० हजार हस्ताक्षर पु¥याउने लक्ष्य राखेको छ । ७ दिनको हस्ताक्षर अभियान पश्चात पुस १७ गते बृहत ¥यालीको समेत आयोजना गरिने संयोजक बरालले जानकारी दिए ।

सो ¥याली बिहान १० बजे पृथ्बीचोकबाट सुरु भई मानवअधिकार चोकमा पुगी समापन हुनेछ भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गरुङसामु १० हजार हस्ताक्षर सहित ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । देशका २८ वटा जिल्लामा हस्ताक्षर अभियानका कार्यक्रम भईरहेका छन् भने अन्य जिल्लाबाट पनि विभिन्न माध्यमबाट साँस्कृतिक आन्दोलनलाई सफल बनाउन सहयोग भइरहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: