पोखरामा सँगै काम गर्ने युवतीलाई बलात्कारको प्रयास गर्ने एकजना पक्राउ

Share:

२२ पुस,पोखरा ।आफूसँगै मजदूरी गर्ने एक युवतीलाई बलात्कार गर्न खोज्ने भारतीय नागरिकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय भारतीय नागरिक जाफुरलाल हुसेन रहेका छन् ।

उनले आइतबार पोखरा–१७ मा निर्माणाधीन घरमा ज्यामी काम गर्दै आएकी १७ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेका थिए । स्थानीयको खबरपछि प्रहरीले हुसेनलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: