घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुदाँ चालकको मृत्यु

Share:

२२ पुस,पोखरा । कास्कीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कास्कीको नयाँपुलबाट पर्यटकीय क्षेत्र घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ५१९७ नम्बरको जिप अन्नपूर्ण गाउँपालिकाको हुँदुमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर जिपका चालक भीमबहादुर खत्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको थियो । सोही गाउँपालिकाको झोवाङ निवासी चालक खत्रीको घटनास्थलमै मृत्यु भएको हो । चालक खत्री नै जिप धनी रहेको खुल्न आएको छ ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: