
नेपालमा ब्युटी पेजेन्ट बदनाम हुँदै गएको छ । मिस नेपाल जस्ता नगण्य होलान्, नत्र सबैलाई एउटै आरोप लाग्छ ‘जसले टिकट बढी बेच्यो, उसैले जित्यो’ । हरेक पेजेण्टहरुमा यो आरोप आयोजकमाथि लाग्छ । प्रतिष्पर्धी समेत फाइनल सम्पन्न भएपछि यही भन्छन् ।
पोखरामा यस्ता आरोप हरेकजसो आयोजकमाथि लागेकै छ । तर, दर्जनौ ब्युटी पेजेन्ट पनि भइरहेकै छन् । सहभागीहरु पनि आफू खुशी सहभागी हुन्छन्, जब फाइनलमा ताज जित्दैनन् अनि मात्र वास्तविकता ओकल्न थाल्छन् ।
यस्तै, नन्द इन्टरटेन्टमेन्ट प्रालिले आयोजना गरेको ‘सुपर मम’ पनि यो भिडमा थपियो । पोखरा उद्योग वाणिज्य संघको हलमा शनिबार सम्पन्न भएको सो पेजेन्टमा जित्नेहरुले नै खाममा ‘पछि भेटौंला’ लेखेको कागज पाएको गुनासो गरे ।
पोखराबाट प्रकाशित हुने ताण्डव न्यूजले यसबारे विस्तृतमा खुलासा गरेको छ । यहाँ क्लिक गर्नुहोस् :
पोखरा सुपर मम् : विजेताकाे खाममा ‘पछि भेटौँला’ , टिकट बेच्न नसक्ने कन्टेस्टेन्ट रिङ्ग आउट
